जनता टाइम्स

१ असार २०७९, बुधबार २३:०९

मुगुमा तीन दिने नि:शुल्क आँखा शिविर सञ्चालन


मुगु, १ असार । हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने निस्शुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविर असार ३ गते सम्म सञ्चालन हुनेछ । आज अर्थात् पहिलो दिनमा ४ सय ४ जनाले आँखा चेकजाँच गरेका छन् । जस मध्ये ४५ जना मोतियाबिन्दु तथा अप्रेसनको लागि छनोट भएको र छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको भोलि अप्रेसन गरिने नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपसभापति तथा कर्णाली प्रदेश सभापति तिलक बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर ३ दिन सम्म चल्नेछ ।

यसमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला, हुम्लाका नागरिकले सहजे सेवा पाउन सक्ने बताउनुभयो । शिविरमा जुम्लाका आँखाका विरामिको पनि चेकजाँच गरिएको छ । मोतियाबिन्दु गरेका आँखाका विरामिलाइई चश्मा पनि वितरण गरिने छ । शिविर सञ्चालन गर्न अस्पताल बाट चिकीत्सक सहित स्वास्थ्यकर्मी उपस्थिती भई सकेका छन् ।