काठमाडौं, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय संसदमा सम्बोधन गर्दै हुनुहुन्छ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल सकिएपछि मन्त्रीले जवाफ दिइरहेका हुन्। बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने कार्यसूचि रहेको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्