जनता टाइम्स

२ असार २०७९, बिहीबार १४:२५

काठमाडौंबाट चुनाव लड्न ग्यालेक्सी टिभीबाट बिदा भए रवि लामिछाने


काठमाडौं, २ असार । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भन्दै ग्यालेक्सी फोके टेलिभिजनबाट बिदा हुनुभएको हो । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लगाउनुभएको छैन । तर, उहाँले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको छ ।

यद्यपी उहाँले स्वतन्त्र चुनाव लड्ने वा कुनै दलमा आवद्ध भएर लड्ने भन्ने विषयमा निर्णय लिइसक्नुभएको छैन । चुनावको तयारीका लागि लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई हुनुभएको हो । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गर्नुभएको छ ।

लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता हुनुहुन्थियो । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उहाँले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ । कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्दै आउनुभएको थियो ।