जनता टाइम्स

२ असार २०७९, बिहीबार १५:४२

काठमाडौंबाट एक अर्ब दुई करोडको हेरोइनसहित सात विदेशी महिला पक्राउ


काठमाडौं, २ असार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो । बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँबराबार हुन आउने ब्युरोले जनाएको छ ।

विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।पक्राउ परेका सबै सातैजना महिला हुन् । उनीहरू सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो ।