जनता टाइम्स

२ असार २०७९, बिहीबार १५:५५

काठमाडौंको बागबजार चटपटे खाएका विरामीमा हैजाको संक्रमण पुष्टि


काठमाडौं, २ असार । काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको बताउनुभयो उहाँका अनुसार बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ ।

बागबजार क्षेत्रमा खानेकुरा (चटपटे) खाएको उहाँहरुले बताउनुभएको छ’, गौतमले भन्नुभयो, ‘एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको छ ।’ गौतमका अनुसार हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।