जनता टाइम्स

२ असार २०७९, बिहीबार २२:०५

करिष्मा मानन्धरले अनसनरत निहारिकालाई भन्नुभयो , ‘बच्चा लिएर मेरो घर आउ, म छु’


काठमाडौं, २ असार ।  अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गर्नूभएको छ । उहाँले बिहिबार सामाजिक सञ्जालमा निहारिकालाई छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’ उहाँले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिनुभएको छ । २१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत बस्नुभएको छ ।