काठमाडौ,३ असार ।प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै गृहमन्त्रीले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची छ। संसदमा आर्थिक विधेयक २०७९ माथि भने ६ असारदेखि दफावार छलफल हुने भएको छ ।













प्रतिक्रिया दिनुहोस्