जनता टाइम्स

३ असार २०७९, शुक्रबार १४:४९

एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरे २० बुँदे संकल्प (पूर्णपाठ)


काठमाडौं, असार ३ । स्थानीय तहमा नवनिर्वाचित नेकपा एमालेका जनप्रतिनिधिहरुले २० बुँदे संकल्प गरेका छन् । काठमाडौंमा हिजो र आज आयोजित पार्टी स्कुलको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले ‘काठमाडौं संकल्प’ पत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्रमा शासक नभएर सेवक हुने, सदाचारको नमूना बन्ने, भ्रष्टाचार नगर्ने, भ्रष्टाचार नियन्त्रण गर्नै, आफूले नेतृत्व गरेको पालिका सुशासनको नमूना बनाउनेजस्ता प्रण गरिएको छ ।

त्यस्तै छिटो र सुलभ सेवा प्रवाहमा सहज, जनमुखी विकासमा पनि जिम्मेवारीपूर्वक भूमिका निभाउने उनीहरूको संकल्प छ । यस्तै बिकाशको ढाँचालाई जनमुखी,सहभागितामुलक र दिगो बनाउने संकल्प गरिएको छ ।