काठमाडौं, असार ३ । नेकपा एकीकृत समाजवादीका जिल्ला नेता नेकपा एमालेमै फर्किएका छन । नेकपा एसका रामेछापका प्रभावशाली नेता श्यामकृष्ण श्रेष्ठ नेकपा एमालेमै फर्किनुभएको हो ।
श्रेष्ठ खाँडादेवी गाउँपालिका अध्यक्षका प्रत्यासी आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेकपा एकृकृत समाजवादी परित्याग गरी मुलघर मूलघरमै फर्किनु भएको हो । नेकपा एकीकृत समाजवादीमा बसेर आफूले सो पार्टीका नेतृत्व कम्युनिष्ट आन्दोलनबिरुद्ध लागेको प्रष्ट अनुभुति गरेपछि एमालेमै फर्किएको श्रेष्ठले बताउनु भयो ।
‘जे जे आरोप लगाएर नेकपा एमालेबाट अलग भइयो, ती सवै काम त नेकाि एकीकृतको नेतृत्वबाट भयो नै, त्यो भन्दा बढता अनुशासनहीन र भ्रष्टाचारको कुरा त मन्त्रीहरुबाटै आयो, नेपालको कम्युनिष्ट आन्दोलनबिरुद्ध लाग्ने कसम पनि खाइएको रहेछ, यति भएपछि अव यस्ता आपत्तिजनक कामलाई साथ होइन, भण्डाफोर गर्नुपर्छ भनेर नै एमालेमै फर्किएँ,’ श्रेष्ठले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्