जनता टाइम्स

३ असार २०७९, शुक्रबार २३:०९

काठमाडौँमा ‘हनी ट्रयाप’मा पार्ने गिरोहका ६ जना पक्राउ


काठमाडौँ, ३ असार । प्रहरीले युवतीहरुलाई प्रयोग गरेर नाजायज फाइदा लिन खोज्ने ६ जनालाई पक्राउ गरेको छ ।शुक्रबार विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेका प्रहरीले जनाएको छ ।

उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरेर खाजा खाने बहानामा रेस्टुरेन्टमा लैजाने सघाउने गरेका थिए । त्यसपछि विभिन्न विवरण राखेर झुटा मुद्दा लगाएर फसाइँदिने भन्दै डर धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको प्रहरीको भनाइ छ ।उनीहरुलाई मासिक रुपमै हैरानी दिने गरेको प्रहरीको अनुसन्धानले खुलाएको जनाइएको छ ।पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघातको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।