जनता टाइम्स

४ असार २०७९, शनिबार ००:००

माधव नेपालसँग कांग्रेस नेताहरु आक्रोशित, रामहरि खतिवडाले दिए कडा चेतावनी


काठमाडौं, असार ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक कार्यक्रममै जँड्याहको संज्ञा दिएपछि कांग्रेस नेताहरु आक्रोशित बनेका छन ।

नेपालले शुक्रवार आयोजित एक कार्यक्रममा ह्वस्की खुवाएर बेहोसीमा हस्ताक्षर गराउँदान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जड्याहको संज्ञा दिनुभएको थियो । नेपालको सो भनाई आपत्तिजनक रहेको कांग्रेस नेता रामहरि खतिवडाले बताउनु भयो । खतिवडाले नेपाल नै होली वाइन पिएर तीन दिन होटलमा सुतेको बताउनु भएको छ । खतिवडाका अनुसार होली वाइन खाएर ३ दिन सोल्टी होटलमा लम्पसार पर्ने नेता माधव नै हुन ।

‘पूर्वप्रधानमन्त्री माधब नेपालले एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा व्हिस्की खुवाएर निदाएको समय सही गराउलान भन्नु भएछ । होली वाइन खुवाएर ३ दिन सोल्टीमा लम्पसार पर्ने प्रधानमन्त्री शेरबहादुर देउवा होइनन है,’ खतिवडाले भन्नुभएको छ, ‘गलत कुरामा म कोहीसंग सम्झौता गर्दिन भनेको सायद याद भएन कि ?’