हाइपोथाइरोडिजमका बिरामीले खानहुने र खान नहुने भन्ने केही हुँदैन्। आयोडिन युक्त खानेकुराहरको बढी प्रयोग गर्ने र आयोडिनको पाचन प्रक्रियामा असर पुर्याउने खानेकुरा जस्तै: गोबीको तरकारी, सोयाबिन आदिहरुको कम प्रयोग गर्नुपर्दछ र जन्क फुड र मैदाबाट बनेको खानेकुराको पनि कम प्रयोग गर्नुपर्दछ
डा. लोकेन्द्र अवस्थी
थाइराइड भनेको घाटीको रुद्रघण्टीको मूनि हुने एक प्रकारको ग्रन्थी हो। यो ग्रन्थी घाँटीमा रुद्रघण्टीको अलिकति तल रहेको हुन्छ। यो ग्रन्थीले आयोडिनबाट बन्ने हर्मोनहरु निकाल्ने गर्दछ।
थाइराइड ग्रन्थीले निकाल्ने हर्मोनसँग सम्बन्धित विभिन्न रोगहरु छन्। जस्तै: हाइपरथारोडिजम र हाइपोथारोडिजम। हर्मोनको कमी हुँदा हुने रोगलाइ हाइपोथारोडिजम भनिन्छ। वर्तमान समयमा धेरै हाइपोथारोडिजमका बिरामीहरु भेटिने गरेका छन्।
हाइपोथाइरोडिजम अर्थात थाइरोड हर्मोन कम भएका र औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु :
१. हाइपोथाइरोडिजमका बिरामीले खाने औषधी भनेको थाइरोक्जिन हो। यो थाइरोड ग्रन्थीले निकाल्ने एक प्रकारको हर्मोन हो।
२. थाइरोक्जिन औषधी प्राय: कुनैपनि अवस्थामा हानिकारक हुँदैन। नवजात शिशू, गर्भवती, सुत्केरी अवस्थामा बिना कुनै संकोच यसको प्रयोग गर्न सकिन्छ। तर मुटूका बिरामीमा भने यसको मात्रा मिलाउनु पर्दछ। रगतमा हर्मोनको मात्रा र बिरामीमा देखिएका लक्षणहरुका आधारमा चिकित्सकले औषधीको प्रयोग गर्ने वा नगर्ने निर्णय गर्दछन्।
३. गर्भावस्थामा थाइरोक्जिनको मात्रा बडाउनु पर्ने हुन सक्छ। त्यसैले गर्भवती गर्भ राख्ने सोचाइमा भएका र पहिलेदेखि नै औषधी सेवन गरिरहेकाले थाइरोडको जाँच गराउन अति आवश्यक छ।
४. चिकित्सकको सल्लाह बिना औषधी सेवन गरिरहेका बिरामीले आफैं औषधीको मात्रा कम गर्ने वा रोक्ने गर्नु हुँदैन।
५. थाइरोक्जिन औषधि सधै खाली पेटमा अर्थात खाना खानुभन्दा आधीदेखि एक घन्टा अघि खानु पर्दछ।
६. यदि कुनै दिन औषधि खान बिर्सिएको अवस्थामा सम्झिने बित्तिकै खाली पेटमा अथवा अर्को दिन एकैपटक दुई वटा थाइरोक्जिन ट्याब्लेट खान सकिन्छ।
७. हाइपोथाइरोडिजम एक प्रकारको वंशाणुगत रोग हो र थाइरोइड ग्रन्थीलाई असर गर्ने औषधी सेवन गर्नाले पनि यो रोग निम्त्याउन सक्छ।
८. हाइपोथाइरोडिजमका मुख्य लक्षणहरु जस्तै: तौल बड्नु, थकान महशुस हुनु, निन्द्रा धेरै लाग्नु, महिनावारीमा गडबडी हुनु, कपाल झर्नु, कब्जियत हुनु, हातखुट्टा सुन्निनु, गर्भ तुहिनु वा गर्भ नरहनु आदि हुन्।
९. हाइपोथाइरोडिजमका बिरामीले खानहुने र खान नहुने भन्ने केही हुँदैन्। आयोडिन युक्त खानेकुराहरको बढी प्रयोग गर्ने र आयोडिनको पाचन प्रक्रियामा असर पुर्याउने खानेकुरा जस्तै: गोबीको तरकारी, सोयाबिन आदिहरुको कम प्रयोग गर्नुपर्दछ र जन्क फुड र मैदाबाट बनेको खानेकुराको पनि कम प्रयोग गर्नुपर्दछ।
१०. चिकित्सको सल्लाह अनुसार थाइरोइडको औषधी खाइरहेका बिरामीले थाइरोइडको निम्ति रगत परिक्षण गर्दा त्यसदिनको औषधी खानु अघि नै रगत जाँचको लागि दिनु पर्दछ। औषधी खाइरहेका बिरामिले शरिरमा TSH को मात्रा सामान्य नहुदाँसम्म हरेक ६ अथवा ८ हप्तामा जाँच गर्नुपर्दछ।













प्रतिक्रिया दिनुहोस्