जनता टाइम्स

४ असार २०७९, शनिबार १७:०९

धादिङको धार्केमा स्थानीयले ट्रकबाट खोसे रासायनिक मल (भिडियोसहित)


काठमाडौं, ४ असार । धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाण्डौ लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।

 

https://www.facebook.com/jantatimes/videos/550326053252351