काठमाडौँ, ४ असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले पाँच दलीय गठबन्धनका अर्थमन्त्री जनार्दन शर्मा नालायक भएको बताउँदै अर्थमन्त्री शर्माको कामले देशलाई नै लज्जित बनाएको बताउनुभएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष बरालले कांग्रेसका सभापति तथा प्रधानमनत्री शेरबहादुर देउवा नेतृत्वको सरकारको नालायक अर्थ मन्त्रीले बजेट निर्माणको क्रममा कुनै व्यक्ति विशेष व्यापारिक घरानाको स्वार्थमा मुलुकको बजेट प्रभावित पार्ने र करको दर परिवर्तन गर्न पुर्व ना।सु लाई मध्य रातमा मन्त्रालयमा छिराई बजेटमा हेरफेर गर्ने कामले देशलाई नै लज्जित बनाएको बताउनुभयो ।
नैतिक रुपमा भ्रष्ट अर्थ मन्त्रीले आफू माथि प्रश्न चिन्ह उठे पछि नैतिकताको आधारमा राजिनामा दिएर स्वतन्त्र संबैधानिक निकायलाई छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्नेमा विभिन्न हतकन्डा अपनाई राज्य शक्तिको दुरुप्रयोग गरि सार्वजनिक पद धारण गरेर बसिरहेको उल्लेख गर्दै उहाँले भ्रष्ट मन्त्रीलाई बर्खास्त नगरी सरकार आफ्नो आयुलाई गठबन्धनको भविष्य र भ्रष्टाचारसंग सम्झौता गर्न बाध्य छ भन्ने कुरा प्रष्ट भएको बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्