काठमाडौं, असार ५ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताउनु भएको छ ।
प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर आज बिहान अन्तिम समयमा प्रधानमन्त्री देउवाले आउन नभ्याउने जानकारी गराएर समितिलाई अपमान गर्नुभएको हो ।
समिति सभापति खरेलले बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताउनु भयो । ‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ,’ सभापति खरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्