वीरगञ्ज, ५ असार । जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् । २०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो ।
उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो । घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज(१ छपकैयाबाट पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्