जनता टाइम्स

५ असार २०७९, आईतवार १७:५२

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने, यी हुन पदाधिकारी र सदस्य (सूचीसहित)


बोस्टन (अमेरिका), असार ५ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । ‘सवल प्रवासी : समृद्ध नेपाली’ भन्ने मुल नाराका साथ अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा आज सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनबाट लामिछाने सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा गोपाल बँडेल, माया ढुंगाना, गोकर्ण दाहाल र भीम ओलीलाई चयन गरेको छ । अधिवेशनले सचिवमा छवि पाण्डे, उपसचिवमा नेत्र पाण्डे, कृष्ण आचार्य,थोमस बाँस्तोला र गोबिन्द खनाललाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा डिबी रावत, अजय कुसवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिल के ताम्राकार,रामकृष्ण बजगाईं, उपेन्द्र रावत, केदार पहारी चयन हुनुभएको छ ।

यस्तै सदस्यमै भिष्म आचार्य, दुर्गा बिक, नारायण ढुंगाना, दिपक सापकोटा, बिजय बञ्जाडे, घनश्याम खनाल, मोहनी डुम्रे, शंकर लुंगेली, मणि भण्डारी र भुवन अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । प्रवासी नेपाली मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष प्रभु थापाले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारी अनुसार अधिवेशनले ५ सदस्य पछि थप्ने गरी ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

थापाका अनुसार अधिवेशनले पैवासमा रहेका नेपाली नागरिकहरुले आफू रहेकै ठाउँबाट नेपालको मतदानमा सहभागी गराउने र गैर आवासीय नागरिकताको बिषय संसदको चालू अधिवेशनबाटै पारित गराउन नेपाल सरकारलाई अनुरोध गर्ने बिशेष प्रस्ताव पारित गरेको छ ।
अधिवेशनको प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई र बिशेष अतिथि पूर्वपरराष्ट्र मन्त्री महेन्द्र पाण्डे र एमाले सचेतक शान्ता चौधरी हुनुहुन्थ्यो ।