जनता टाइम्स

५ असार २०७९, आईतवार १९:३८

प्रधानमन्त्रीको यो एटिच्यूट ठीक भएन : इश्वर पोखरेल


काठमाडौं, असार ५ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताउनुभएको छ ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय समितिको बैठकमा नआएपछि रूष्ट हुनुभएका पूर्वउपप्रधानमन्त्री यस्तो बताउनु भएको हो । पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा उपस्थित नहुनू खदजनक रहेको बताउनु भयो ।

‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भएँ तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, पोखरेलले भन्नुभयो, ‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन’, पोखरेलले भन्नुभयो, ‘हामी कसैको जीत हारको कुरा नगरौं, हामी तारिकमा अलमलिने होइन। सत्यतथ्य हेर्नुपर्छ ।’ 

‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भएँ तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, पोखरेलले भन्नुभयो, ‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन ।’

उहाँले कसैको हार जितको कुरा नगरी सत्यतथ्य हेर्नुपर्ने जिकिर गर्नुभयो । ‘हामी कसैको जीत हारको कुरा नगरौं, हामी तारिकमा अलमलिने होइन। सत्यतथ्य हेर्नुपर्छ’, उहाँले भन्नुभयो । पूर्वउपप्रधानमन्त्री पोखरेलले फेरि पनि बैठकमा प्रधानमन्त्रीलाई बोलाउनुपर्ने बताउनुभयो ।