जनता टाइम्स

६ असार २०७९, सोमबार १७:११

संगठनमै नभएकी प्रचण्डका नातिनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य मनोनीत


काठमाडौं, असार ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की नातिनी सृष्टि केसी (दाहाल) अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।

स्वर्गीय ज्ञानु दाहालकी छोरी सृष्टिलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । विद्यार्थी संगठनमै नभएकी सृष्टिलाई अध्यक्ष पञ्चा सिंहले केन्द्रीय सदस्यमा राख्ने निर्णय सुनाउनु भएको हो ।

अध्यक्ष सिंहले दृष्टि लामो समय विद्यार्थी संगठन मै काम गरेकाले केन्द्रीय समितिमा राखिएको दावी भने गर्न छाडनुभएको छैन ।