जनता टाइम्स

६ असार २०७९, सोमबार १९:४६

एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकालाई पठाउने मन्त्रिपरिषद्‌को निर्णय


काठमाडौं, असार ६ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकालाई पठाउने निर्णय पनि गरेको छ ।

एक मन्त्रीका अनुसार एसपीपी अस्वीकृत गरेको जानकारी अमेरिकालाई दिन मन्त्रिपरिषद्‌ले नेपाली सेनालाई अख्तियारी दिएको छ। ‘सेनाले पठाएको पत्र फिर्ता लिएर अस्वीकृत गरेको जानकारी गराउन नेपाली सेनालाई भन्ने निर्णय भएको ती मन्त्रीले बताए ।