जनता टाइम्स

६ असार २०७९, सोमबार २१:२३

मेयर बालेन्द्रद्वारा चुनावी खर्च सार्वजनिक


काठमाडौं , ६ असार ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार मेयर शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।

निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।त्यस्तै प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ ।

कार्यालय सञ्चालनमा १७ हजार २ सय ५० र विविधमा २८ हजार ५ सय गरी कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।