जनता टाइम्स

७ असार २०७९, मंगलवार १२:२४

अध्यक्ष ओली र पूर्व राजदुतहरुबीच छलफल


काठमाडौं, ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजदुतहरुसँग छलफल गर्दैहुनुहुन्छ । होटल एभरेष्टमा भइरहेको कार्यक्रममा वर्तमान सरकारका कारण विथोलिदै गएका अन्तराष्ट्रिय सम्बन्धले के कस्ता दुरगामी असर गर्नसक्छन् भन्ने बारेमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।रिजालका अनुसार पूर्व राजदुत एशोसिएसनको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष ओली र विशिष्ट अतिथी पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्छ ।