काठमाडौं, ७ असार । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने हुनुभएको छ । त्यसका लागि उहाँले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताउनुभयो ।
आज राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उहाँले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै आफू नयाँ दल गठन गर्न लागिपरेको बताउनुभयो । सोहीअनुसार उहाँले आफू चुनाव लड्ने घोषणा गर्नुभयो ।
‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भन्नुभयो । उहाँले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताउनुभयो । उहाँले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्