यतिखेर म ती प्रहरी अधिकृतलाई सम्झिरहेको छु, जसको प्रश्न हुन्थ्यो ‘संसारमा सबैभन्दा दुःखी मान्छे को हो ?’ कसैले सही उत्तर नदिए उनी आफै उत्तर दिन्थे ‘यौन अतृत्प र जनेन्द्रीय नचल्ने वा उत्तेजित नहुने मान्छे !’ त्यसैले कतिपय यौन विशेषज्ञ भन्छन, ‘मानिसका जीवनका हरेक क्रियाकलाप यौनद्वारा निर्देशित हुन्छ ।’
यदु शर्मा
हरेक छोराछोरीहरू बाबुआमाको यौन क्रियाकलाप वा यौन इच्छालाई बेकार ठान्दछन । जबकी सोही क्रियाकलापको कारण उनीहरूले यो धर्तीमा टेकेका हुन । बाबु वा आमाको यौन चाहना र आवश्यकतावारे कुनै छोराछोरीले मात्र हैन, पाका उमेरका मानिसको यौन चाहनालाई सिंगो समाजले आश्चार्यका रूपमा हेर्छ । मानौं यौनमा युवाहरूको मात्र अधिकार र आवश्यकता छ । हाम्रो समाजमा पाका उमेरका कुनै महिला वा पुरुषले राजीखुसी यौन क्रियाकलाप गरेछन भने त्यसलाई अत्यन्त घृणित दृष्टिले हेरिन्छ । जबकी युवा–युवती हुन भने सामान्य रूपमै लिइन्छ । भनिन्छ ‘उमेर छ, बैंश थेग्न सकेनछन ।’
केही समयअघिसम्म काठमाडौंमा क्याविन रेष्टुरेन्टको विगविगी थियो । हरेक खालका रेष्टुरेन्ट थिए । मेरो एकजना साथीले पनि गौशालामा एउटा रेष्टुरेन्ट चलाएको थियो । म सो रेन्टुरेन्टमा ती साथी भेट्न गइरहन्थेँ । रेष्टुरेन्टमा दर्जनबढी युवतीहरू वेटरका रूपमा कार्यरत थिए । क्याविन भएकाले झट्ट अर्काले नदेख्ने भएकाले ग्राहक, युवती वेटरसंग यौन क्रियाकलाप गर्नकै लागि आउँथे । ती रेष्टुरेन्टमा प्रतक्ष्य सम्भोग वाहेक सबै हुने गर्थ्यो । मालिक, युवतीलाई ग्राहकसंगै बसेर अधिक विक्रि गराउन हौस्याउँथे नबस्नेलाई गाली नै गर्थे र कतिलाई जागिरबाटै निकाली दिन्थे । त्यस्ता रेष्टुरेन्टका ग्राहक अधिकांश पाका उमेरका पुरुष हुने गरेको मैले देखेको छु । रेन्टुरेन्ट सञ्चालक पनि यसलाई स्वीकार गर्थे ।
काठमाडौंको रत्नपार्कलगायतका अघोषित रेडलाइट एरियामा पनि अधिकांश ग्राहक यस्तै पाका उमेरका पुरुष नै हुने गरेको देख्न र सुन्न पाइन्छ । कतिपय बलात्कारका घटनामा पनि किशोरी वा युवती पीडित हुँदा पीडक पाका उमेरको पुरुष हुने गरेका छन । अन्तराष्ट्रिय समाचार माध्यममा पनि पाको उमेरका पुरुषसँग युवती वा किशोरीको प्रेम वा यौन सम्वन्धको विषयले स्थान पाउने गरेका छन । जस्तो कि ब्राजिलका चर्चित फुटबलर नेयमारकी आमाको एक २८ वर्षे युवासँग अफेयर चलेको समाचारले स्थान पाएको थियो । उनीहरू डेटिङमा गएको समाचार सँगै बसेको फोटाहरू प्रकाशित भएका थिए । केही महिनाअघि बेलायतका ६५ वर्षे पुरुषसँग फिलिपिन्सकी १८ वर्षे किशोरीले विवाह गर्न लागेका समाचार आएको थिए ।
केही वर्ष अघिको कुरा हो, बिबिसीमा एउटा यस्तै समाचार थियो । युरोपका कुनै गाउँमा यौन खेलौनामा पसल (सेक्स सप) खुल्यो ५० नाघेका महिला–पुरुष खुसी भए । त्यो पसलको ग्राहक सबै यही उमेर समूहका हुन्थे । महिलाहरू कोही विध्तिय पुरुष जनेन्द्रीय त कोही सामान्य पुरुष जनेन्द्रीय खरिद गर्थे, पुरुषहरू यस्तै महिला जनेन्द्रीय । तर युवा–युवती त्यसको ग्रहक भएनन । उनीहरू त त्यसको घोर विरोधी थिए । युवाहरू, समाजमा बाबुआमा उमेरका मानिस छाडा र अराजक भएको मान्दथे ।
आखिर यस्तो किन हुन्छ त ? भनेर धेरै लेखिएको वा खोजीको विषय भएको पाइदैन । तर, अलिकति मात्रै विचार गर्ने हो भने यसको कारण बुझ्न कुनै चिकित्सक, मनोचिकित्सकको आवश्यकता पर्दैन । यसका लागि पाठेघरमा समस्या भएर झिकिएको महिलाका स्वस्थ पति वा महिनावारी रोकिइसकेका महिलाका पतिलाई उनीहरूको यौन जीवनवारे सोधेमा प्रष्ट हुन्छ ।
त्यसैगरी युवावस्थामा अलिबढी स्वतन्त्रता वा उन्मुक्तता (खानपिन, यौनिकता) को उपभोग गरेका पुरुषका स्वस्थ पत्नीलाई सोधेमा थाहा हुन्छ । पाका उमेरमा कसरी यौन अतृप्तताले सताउँछ भनेर । अर्को भनेको पति-पत्नी दुवै स्वस्थ्य भए पनि पाका उमेरमा समान उमेर समूहबीचको शारीरिक सम्वन्ध कति पीडादायी हुन्छ ? त्यो पनि उनीहरूलाई सोध्न विर्सनु हुदैन । सम्भोगमा यौनरसको महत्वपूर्ण स्थान हुन्छ भन्ने कुरा सर्वविदितै छ ।
महिनावारी रोकिइसकेका महिलाको जतिसुकै उत्तेजनामा भए पनि यौनरस कम उत्पादन हुन्छ । त्यस्तै सोही उमेरका पुरुषमा पनि यौनरस कम उत्पादन भए पनि तुलनात्मकरूपमा ढिलो स्खलित हुन्छन । यौनरस कम उत्पादन हुने र ढिलो स्खलित हुँदा दुवैका लागि सम्भोग क्रिया पीडादायी हुन्छ । पाठेघर झिकिएका महिलामा त यौनरस उत्पादनै नहुने बताइन्छ । सायद यसकै कारण पाका उमेरका पुरुष यौनरस बढी उत्पादन गर्ने युवतीहरू रोज्दछन भने पाका उमेरका महिला तुलनात्मक रूपमा चाडै स्खलित हुने युवा रोज्दछन ।
यतिखेर म ती प्रहरी अधिकृतलाई सम्झिरहेको छु, जसको प्रश्न हुन्थ्यो ‘संसारमा सबैभन्दा दुःखी मान्छे को हो ?’ कसैले सही उत्तर नदिए उनी आफै उत्तर दिन्थे ‘यौन अतृत्प र जनेन्द्रीय नचल्ने वा उत्तेजित नहुने मान्छे !’ त्यसैले कतिपय यौन विशेषज्ञ भन्छन, ‘मानिसका जीवनका हरेक क्रियाकलाप यौनद्वारा निर्देशित हुन्छ ।’ भनाइ पूर्ण सत्य नहोला मानिसले हरेक दिनको अधिकतम समय यौनकै वारेमा सोचेर विताउछ भन्ने कुरा चाँहि धेरैले मानेका छन । यौन तृप्त र अतृप्तताका यो एउटा कारण भयो, अन्य कारणहरू पनि छन जसका वारेमा पछि चर्चा गरिनेछ । अस्तु :













प्रतिक्रिया दिनुहोस्