जनता टाइम्स

७ असार २०७९, मंगलवार १९:२०

अध्यक्ष ओलीसँग दुबईका राजकुमारको भेट


काठमाडौं, ७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटवार्ता गर्नुभएको छ । भेटमा माक्तुमले नेपालबाट गएका युवाहरुले युएईको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । राजकुमारले भन्नुभयो,‘नेपालीहरु धेरै लेवरियस छन्, उनीहरुले यूएइको विकासका लागि गरेको योगदान हाम्रा लागि धेरै महत्वको छ ।’

बालकोट स्रोतका अनुसार माक्तुमले अध्यक्ष ओलीको व्यक्तिगत रुपमा पनि प्रशंसा गर्नुभएको थियो । ‘तपाईंको बारेमा मैले धेरै सुनेको छु । तपाई नेपालको भिजिनरी लिडर हो, राजकुमारले प्रशंसा गर्नुभयो ।’ अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा एमाले र व्यक्तिगत तर्फबाट स्वागत गर्नुभएको थियो । उहाँले यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।

भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायतको सहभागिता रहेको थियो । एमाले केन्द्रीय सदस्य एवं पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा माक्तुम तीनदिन अघि नेपाल आउनुभएको थियो । भेट करिब एक घण्टा भएको बताइएको छ ।