जनता टाइम्स

८ असार २०७९, बुधबार ०८:५९

नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने युवा पक्राउ


रौतहट,८असार । असार नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारीलाई फेला पारेको बताएको छ ।
बालिकालाई डर त्रास देखाई २०७७ फागुन ५ गते कलैयाबाटअपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।