जनता टाइम्स

८ असार २०७९, बुधबार १२:३५

रबि लामिछानेबारे शंकर पोखरेलको टिप्पणी : निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्न


काठमाडौं, असार ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताउनु भएको छ ।

चर्चित सञ्चारकर्मी रबि लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकोतर्फ संकेत गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने आफ्नो निश्कर्ष पनि सुनाउनु भएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लेख्नुभएको छ, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन ।’

लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै आयोगमा दर्ताका लागि निवेदन दिनुभएको थियो । एमाले महासचिव पोखरेलले भने राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने बताउनु भएको छ । ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ’, पोखरेलको भनाई छ ।