जनता टाइम्स

८ असार २०७९, बुधबार १५:२६

दयाहाङ दाइले जिम गर्नुपर्छ : पुष्प खड्का


काठमाडौं, ८ असार । अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेसको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन् । एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेसको पुष्प बुधबार एम्बासडरमा नियुक्त भएका हुन् । ‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ,’ पुष्पले भन्नुभयो ।

पुष्पले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता सुशील श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने गरेको खुलाउनुभयो । ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाइलाई देख्छु, उहाँले जिम गर्नुपर्छ’ उहाँले भन्नुभयो । अभिनेता खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको एस आई फिटनेशनका सञ्चालक कुमार स्याङ्बोले जानकारी दिनुभयो ।

उहाँले अहिले फिटनेस सेन्टरमा तीन सय जना नियमित रूपमा जिम गर्न आउने गरेको बताउनुभयो । कुमारले देशभर नै एस आई फिटनेसको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाँडै महाराजगञ्जमा शाखा खोल्न लागेकोसमेत बताउनुभयो ।