जनता टाइम्स

८ असार २०७९, बुधबार १६:४६

झपट रावलको आक्रोस : लिभिङ टुगेदरमा बस्ने अनि बलात्कारको आरोप लगाउने ?


काठमाडौं, असार नेकपा एमालेका सांसद झपट रावलले लिभिङ टुगेदरको व्यवस्थामा स्पष्टता जरुरी रहेको बताउनु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै रावलले कतिपयले लिभिङ टुगेदरमा बस्ने अनिबलात्कारको आरोप पनि लगाइदिने प्रवृत्ति देखिएको भन्दै यसमा  देखिएको विकृति हटाउन जरुरी रहेको बताउनु भएको हो

लिभिङ जुगेदरमा बस्ने पनि बलात्कार जस्ता जघन्य  आरोप पनि लगाइदिने ? यो व्यवसाय जस्तो भयो,’ रावलले भन्नुभयो उहाँले/ वर्ष लिभिङमा बसेकाहरुले बलात्कारको मुद्दा दायर गरेको पाइएको तथ्य पनि खोल्नु भयो

रावलले बलात्कारको घटनालाई वर्गीकरण गर्नुपर्ने पनि बताउनु  भएको  ‘नाबालकको हकमा, समान उमेरका हकमा उमेरपुगेकाहरुको हकमा छुट्टाछुट्टै कानुन निमार्ण गर्नुपर्छउहाँले भन्नुभयो, ‘नत्र समाज विखण्डनमा जान्छ बलात्कारसम्बन्धी प्रस्तावनाविधेयकले यौन हिंसाको एक मात्र पाटोलाई समेटेको भन्दै उहाँले यो प्रस्ताव एकपक्षीय रहेको ठोकुवा गर्नुभयो