काठमाडौं, असार ८ । हैजा देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको हो । डा. दासका अनुसार इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । उहाँले धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गर्दा हैजा फैलाउने जिवाणु भेटिएको बताउनु भयो ।
‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं । रिर्पोटमा घातक जीवणु कोलोफर्म र इकोली नै भेटियो,’ डा. दासले भन्नुभयो । महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको हो । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उहाँले बताउनु भयो ।
महाशाखाले हैजा फैलन थालेको भन्दै बागबजारसहित आसपासका क्षेत्रमा बस्नेहरुलाई सचेतसमेत गराएको छ भने पानी उमालेर मात्रै खान सुझाव दिएको छ













प्रतिक्रिया दिनुहोस्