जनता टाइम्स

८ असार २०७९, बुधबार २२:२३

सेक्सको चाहना कम हुनुका यस्तो छ कारण


परिवर्तन जिवनको नियम हो र यसलाई टार्न सकिँदैन । यौन इच्छा र बढ्दो उमेरसँगै यौन कार्यमा पनि यही कुरा लागू हुन्छ । बढ्दो उमेरसँगै यौन इच्छा र यौन कार्यमा परिवर्तन आउँछ ।

महिलामा सेक्सको चाहना कम हुनुका कारण

शारीरिक वा मानसिक कारण

उमेर बढ्दै जाँदा महिलामा ‘एस्ट्रोजेन’ नामक सेक्स हर्मोन कम हुँदै जान्छ । जसका कारण उनीहरूमा सेक्स चाहना कम हुँदै जान्छ । साथै, योनी सुक्खा हुँदै जान्छ यसले यौनसम्पर्क गर्दा धेरै पीडा हुन्छ ।

रोग र औषधि

बढ्दो उमेरसँगै रक्तचाप, मानसिक चाप, निद्रा नलाग्ने जस्ता धेरै प्रकारका रोगहरूको सामना गर्नुपर्छ । यी सबैबाट बच्न विभिन्न औषधिको सेवन गर्नुपर्छ । यी औषधिले यौन जिवनमा असर गर्छ ।

लुक्स

उमेरसँगै लुक्समा पनि धेरै परिवर्तन आउँछ । यसले यौन जीवनमा असर गर्छ । शारीरिक आकर्षणको कमीले पनि महिलामा सेक्सको चाहना कम हुन्छ ।

पुरुषमा यौन इच्छा कम हुनुका कारण

हर्मोनल परिवर्तन

उमेर बढ्दै जाँदा पुरुषमा पनि हर्मोनल परिवर्तन हुन्छ, जसमा पुरुष यौन इच्छाका लागि आवश्यक हुने सेक्स हर्मोन, एन्डोजन, टेस्टोस्टेरोनमा कमी आँउछ । यसकारण उनीहरूमा सेक्सको चाहना कम हुन्छ ।

सन्तान हुनु

सन्तान भएपछि पत्नीले अधिकांश ध्यान सन्तानलाई दिन थाल्छन् र श्रीमान्सँगको सम्बन्ध कम हुँदै जान्छ ।

पार्टनरको सहयोगमा कमी

उमेर बढ्दै जाँदा महिलामा सेक्सको चाहना घट्दै जान्छ, जसका कारण उनीहरू आफ्नो पार्टनरलाई खासै ध्यान दिन सक्दैनन् । यसकारण पनि पुरुषमा सेक्सको चाहना कम हुँदै जान्छ ।

मानसिक दबाब

पुरुषहरूले प्रायः धेरै प्रकारका काम, बच्चा, घर आदिको दबाब र जिम्मेवारी आफैँमा लिने गर्छन् ।जसले गर्दा उनीहरुमा यौन चाहना कम हुँदै जान्छ ।