जनता टाइम्स

९ असार २०७९, बिहीबार ०८:१०

१७ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं, ९ असार । गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

यी हुन् डीआईजी बढुवाका लागि सिफारिस भएका १७ एसएसपीहरू