जनता टाइम्स

९ असार २०७९, बिहीबार ०९:५७

नेताहरु सत्ता गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ : बाबुराम


काठमाडौं, असार ९ । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनु भएको छ ।

गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण अवस्था रहेको निश्कर्ष पनि उहाँको छ ।

‘हाम्रा दल/नेता / सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले ट्वीटरमा लेख्नुभएको छ ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?’