जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १८:४६

डिभिजन सडकका कर्मचारीसहित दुई जना घुससहित रंगेहात पक्राउ


काठमाडौं, साउन २ । डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सलटेन्सीका सुमित शाही पौने दुई लाख घूससहित पक्राउ परेका छन्। सडक स्तरोन्नति सम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पौडेल र शाहीलाई पक्राउ गरिएको हो ।

अख्तियारको टोलीले डिभिजन सडक कार्यालय, दमौली कार्यालय परिसरबाटै उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । केही समययता अख्तियारले घुस लिने कर्मचारीबिरुद्ध बिशेष अभियान नै अघि बढाएकोले एकपछि अर्काे घुस लिने कर्मचारी पक्राउ परेका हुन ।