जनता टाइम्स

९ असार २०७९, बिहीबार १९:०७

विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त


काठमाडौं, ९ असार । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गर्नुभएको हो ।