जनता टाइम्स

९ असार २०७९, बिहीबार २०:१३

एमसीसीपछि रिसाएको चीनले यो कामका लागि गर्यो नेपालको खुलेर प्रशंसा


काठमाडौं, असार ९ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको खुलेर प्रशंसा गनुभएको हो ।

‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ प्रवक्ता वेनबीनले भन्नुभयो, ‘नेपालको स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सँधै समर्थन गर्नेछ । साथै क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्नसमेत तत्पर छ ।’

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालले एसपीपी अस्वीकार गरेको विषयमा प्रश्न गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘एसपीपीको विषयमा नेपाल भएको विवादका विषय जानकारीमा रहेको’ बताउनु भएको थियो । एमसीसी पारित गरेपछि नेपालसँग असन्तुष्ट बनेको चीन एसपीपीबाट अलग हुने बताएपछि प्रशंसा गर्न थालेको हो ।