जनता टाइम्स

१० असार २०७९, शुक्रबार ०७:०८

मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी संचालन


काठमाडौं, १० असार । लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ ।बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका छन् ।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध छ ।