काठमाडौं, १० असार । नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्कीको घरमा शंकास्पद वस्तु फेला परेको छ। शुक्रबार बिहान साढे ५ बजे घरको मूल गेट नजिक कुकर बम जस्तो देखिने वस्तु भेटिएको कार्कीले बताएका छन्।
झापाको गौरादह नगरपालिका- ३ मा रहेको आफ्नै घरमा शंकास्पद वस्तु भेटिएको र सोको बारेमा सुरक्षा निकायमा खबर गरिसकिएको कार्कीले बताए। आफू र परिवारका सदस्य घरमै सुरक्षित रहेको उनले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्