जनता टाइम्स

१० असार २०७९, शुक्रबार १०:१०

झाँक्रीलाई आफ्नै पार्टी निकट बिद्यार्थी संगठन अध्यक्षको कटाक्ष, मुखमा टेप टाँसेर गरेको भाषण त स्टन्टमात्र रहेछ


काठमाडौं, १० असार ।  नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीले मन्त्रीबाट फिर्ता बोलाउँन खोज्दा अवज्ञा गरेको भन्दै आफ्नै संगठनकी पूर्व अध्यक्ष समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीमाथि प्रश्नै प्रश्न उठाउनुभएको छ ।

पराजुलीले केपी ओलीविरुद्धको आन्दोलनमा झाँक्रीले मुखमा टेप लगाएर गरेको भाषण खोक्रो आदर्श र स्टन्टमात्र रहेछ भन्दै मन्त्री बन्नेबाहेक अन्य कुनै उद्देश्य नरहेको आरोप समेत लगाउनुभएको छ । सामाजिक सन्जालबाट झाँक्रीको नाम नलिई पराजुलीले मन्त्री भएपछि माफिया दलालको सेटिङमा काम गर्ने र कमाउने बाहेक केही उद्देश्य नभएकाबाट समाजवादको अपेक्षा गर्नु नै गलत भएको टिप्पणी गर्नुभएको छ ।

पराजुलीले भन्नुभएको छ –हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केबल खोक्रो आदर्श बोहक के हुन सक्छ त कमरेड । मन्त्री बाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि ? एकथान मन्त्री त तपाईंले हिजो बोकेको मुल्य मान्यता रहे बाँचेमा कति हो कति धेरैपटक मन्त्री त यो भन्दा माथि प्रधानमन्त्री बन्न अवसर नै आउँछ ।

नेकपा एसका मन्त्रीले सरकारबाट फर्किन आनाकानी गरिरहेका बेला झाँक्रीले फिलिपिन्समा जस्तै महिलाहरुको अलग्गै पार्टी बनाउँने राय सुझाव मागेर स्टाटस लेखेपछि पराजुलीले यस्तो प्रहार गर्नुभएको हो ।