जनता टाइम्स

१० असार २०७९, शुक्रबार १४:०९

माधब नेपाललाई योगेश भट्टराईको प्रश्न : आत्माबोध र पश्चातप कहिले गर्ने ?


काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता योगेश भट्टराईले एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालाई आत्माबोध र पश्चातप गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय मन्त्रिपदलाई लिएर एकिकृत समाजवादीमा बढ्दो मतभेदका बिच भट्टराईले सामाजिक सञ्जाल मार्फत नेता नेपाललाई यस्तो आग्रह गर्नूभएको हो । पार्टी बिभाजन नगर्न माधवकुमार नेपाललाई अनुनय, बिनय गरेको कुरा स्मरण गर्दै उहाँले आज परिस्थिती काबुभन्दा बाहिर जानेछ भनेर छुट्टीएको पलमा दिएको चेतावनी अहिले स्मरण भईरहेको बताउनुभयो ।‘

हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ, उहाँले भन्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ

एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ ।

हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्माबोध र पश्चातप : सिर्फ कहिले ?