जनता टाइम्स

१० असार २०७९, शुक्रबार १४:२१

नेकपा एसको बिवादमा योगेशको टिप्पणी : माधव र झलनाथले बिस्तारै चिन्दै जानुहुनेछ


काठमाडौं, असार १० । नेकपा एसभित्र मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले मार्मिक कटाक्ष गर्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै सचिव भट्टराईले पार्टी बिभाजन नगर्न गरेको अनुनय सम्झिएको भन्दै माधवप्रति कटाक्ष गर्नुभएको हो ।नेकपा एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा आफूले पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको उहाँले सम्झनु भएको हो ।

‘एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले लेख्नुभएको छ ।

उहाँले त्यसबेला नै आफूहरूले चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने पनि बताउनु भएको छ ।

यस्तो छ योगेशको टिप्पणी

एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ ।
हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।
आत्माबोध र पश्चातप : सिर्फ कहिले ?