जनता टाइम्स

१० असार २०७९, शुक्रबार १४:५१

गैरकानूनी रुपमा झलनाथ खनाललाई उपचार गर्न ८९ लाख ५२ हजार खर्च, ८ लाख १६ हजार ४७ रुपैयाँ गायब


काठमाडौं, १० असार । पूर्व प्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेको हो ।

खनालको उपचार खर्चबारे मन्त्रालयले भनेको छ,‘पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्ली स्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा रु. ३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा रु‍. ५८ लाख ५२ हजार गरी जम्मा रु. ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाईएको हो ।’

खनालको सम्पूर्ण उपचार खर्च ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बाँकी रहेको आठ लाख १६ हजार ४७ रुपैयाँ कता गायब भयो, खुलेको छैन । यसरी उपचार खर्च लिनु सरासर गैरकानूनी हो । किनभने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भनिएको छ ।