जनता टाइम्स

१० असार २०७९, शुक्रबार २०:५७

अर्घाखाँचीमा श्रीमतीको हत्या गरि श्रीमान पुगे प्रहरी चौकी आत्मसमर्पण गर्न


अर्घाखाँची, १० असार । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जगंलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले काँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उनले श्रीमती हत्या गरि सेउलाले ढाकछोप गरेको समेत बताइएको छ । यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटना स्थलमा पुगेको समेत बताइएको छ ।