जनता टाइम्स

१० असार २०७९, शुक्रबार २२:२३

माधव नेपाल र प्रेम आलेबीच किन भयो चर्काचर्की ?


काठमाडौँ, १० असार । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पर्यटनमन्त्री प्रेम आलेबीच चर्काचर्की भएको छ ।

शुक्रबार भएको पार्टी बैठकमा उनीहरुबीच चर्काचर्की भएको हो ।बैठकमा अध्यक्ष नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र पहिले गरेको समझदारी पालना गर्नुपर्ने बताउनुभएको थियो ।उहाँले मन्त्रीहरु परिवर्तनलाई स्वभाविक मान्नुपर्ने भनेर ठूलो स्वर गरेपछि पर्यटनमन्त्री आले पनि जंगिनुभएको थियो ।

आलेले कुबेलामा मन्त्री हटाउने खोजिएको भन्दै झर्केनुभएको थियो । उहाँले संसदीय दल नेता परिवर्तन गर्नेसम्मको चर्चा चलाएका थिए ।