काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले मार्मिक कटाक्ष गर्नुभएको छ ।
सामाजिक सञ्जालमा ट्विट गर्दै उहाले माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माऊको शिकार गरेर पेट भर्छ भन्दै बल्ल परो नीरमाया माकुरी जालैमा, भन्नुभएको छ ।नेकपा एसका चारजना मन्त्रीसहितका १० जना सांसदहरूले विद्रोह गर्ने चेतावनीपछी बाँस्कोटा ट्विट आएको हो ।
बाँस्कोटा ट्विट
माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माऊको शिकार गरेर पेट भर्छ।शिखण्डीको भरिया बन्याथ्यो।बल्ल परो नीरमाया माकुरी जालैमा,
प्रतिक्रिया दिनुहोस्