जनता टाइम्स

११ असार २०७९, शनिबार ०९:५५

अबिरल बर्षाले पोखराको सुइँखेत डुबानमा, १५० बढी परिवारलाई सुरक्षित स्थानमा सारियो


कास्की, असार ११ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन ।

पहिरोले सो वडामा हेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले क्षतीको विवरण भने नआइसकेको बताउनु भएको छ ।

वडाध्यक्ष तिमिल्सिनाका अनुसार पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । सो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन । ती सबै डुबानमा परेका हुन । वडाध्यक्ष तिमिल्सिनाले टोलबासीहरूलाई उद्धार गरिएको र कोही आफन्तकोमा गएकोबताउनु भयो । केही परिवारलाई भने मन्दिरमा राखिएको छ ।’

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । ‘घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर, भौतिक क्षति धेरै भएको छ,’ उहाँले भन्नुभयो ।