जनता टाइम्स

११ असार २०७९, शनिबार १३:५४

राष्ट्रपति सी हङकङको भ्रमण गर्दै


काठमाडौं, ११ असार । हङकङ–चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपति सीको सन् २०२० पछि भूख्य भूमि चीनबाहिर पहिलो भ्रमण हुनेछ । भ्रमणका क्रममा उहाँले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्धघाटन समारोहमा सहभागी हुनुहुनेछ ।

क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन् । नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ । सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गर्नुभएको थियो ।