काठमाडौं, असार ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको कारण नै प्रधानमन्त्री शेरबहादुर देउवा पेट्रोलियम पदार्थको मूल्य घटाउन बाध्य भएको दावी गर्नुभएको छ ।
केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा बोल्दै नेपालले यस्तो बताउनु भएको हो । ‘अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महंगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा छ । हाम्रौ विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनु भयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेको छ,’ नेपालले भन्नुभयो ।
उहाँले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकताबारे अब प्रश्न नउठ्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले नीजि स्वार्थमा नलाग्न पनि पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिनु हुँदैन । व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने राम्रो हुन्न,’ नेपालले भन्नुभयो । नेपालले एमालेमा रहेका कथित १० भाईले अझै पनि आफूहरुमाथि धारे हात लगाइरुहेको भन्दै आक्रोश पोख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्