काठमाडौं, असार ११ । एमाले भातृ संगठन अनेरास्ववियुले मूल्यवृद्धिविरुद्ध गर्ने भनेको पाँच दिने आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । हिजो कार्यक्रमको घोषणा गरेको अनेरास्ववियुले आज सरकारले मूल्य घटाएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
अनेरास्ववियु अध्यक्ष सुनिल बरालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले घुँडा टेकेकाले आन्दोलन फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभएको छ । अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियुको आन्दोलन र निरन्तरको खबरदारी पछि आज सरकारले घुँडा टेकेको छ, यो संगै अनेरास्ववियुले घोषणा गरेको सम्पुर्ण संघर्षको कार्यक्रम स्थागित भएको जानकारी गराउन चाहन्छौं ।’
पेट्रोलियम पदार्थमा मुल्य घटाउने सन्दर्भ सकरात्मक रहेको उल्लेख गर्दै बराले विज्ञप्तिमा दिर्घकालीन समाधान खोज्नु जरुरी रहेको उल्लेख गरिएको छ ।
सरकार निश्चित व्यापारी घरानालाई पोस्न नितिगत भ्रष्टाचारमा व्यस्त रहेको उल्लेख गर्दै यस विषयमा सरकारलाई आफ्ना मातहतका निकाय परिचालन गरेर बजार अनुगमनलाई चुस्त पर्न र बढ्दो महङ्गीलाई नियन्त्रणमा लिन अनेरास्ववियुले माग गरेको छ । महंगी नियन्त्रणमा सरकारले ध्यान नदिए जनताको जनजिविकाको पक्षमा सडकमा उत्रने चेतावनी समेत अनेरास्ववियुले दिएको छ ।
बिज्ञप्तीको पूर्णपाठ
मिति :२०७९/०३/११













प्रतिक्रिया दिनुहोस्