जनता टाइम्स

११ असार २०७९, शनिबार १७:३५

रामेछाप–काठमाडौं पत्रकार समाजको अध्यक्षमा गुरुङ


काठमाडौं, ११ असार । रामेछाप काठमाडौं पत्रकार समाजको नयाँ नेतृत्व चयन भएको छ । आज राजधानीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले दीपेन्द्र गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा जनताटाइम्सको कार्यकारी सम्पादक यसिमा महत, महासचिवमा अन्नपूर्ण पोष्टका प्रज्वल पौडेल, सचिवमा एलिना कार्की र कोषाध्यक्षमा एनटिभिमा कार्यरत दुर्गा खड्का चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा घनश्याम श्रेष्ठ, सुवास सुनुवार, पवन बराइली र राजकुमार खाती चयन हुनुभएको छ । अधिवेशनमा निवर्तमान अध्यक्ष प्रेम गौतमले प्रस्ताव गरेका नामहरु सर्वसम्मत रुपमा अनुमोदन भएको हो । अध्यक्ष मण्डलको तर्फबाट नेपालप्रेसका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार मात्रिका पौडेलले समाजका नयाँ पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन सत्रमै समाजले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव पौडेल, ज्ञानप्रसाद पौडेल र नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सूर्य सुवेदीलाई सम्मान गरेको हो ।